गुगलले सार्वजनिक गर्यो एआई मोडल ‘जेमिनाइ ४ कार्बन’
गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, ती कमजोरीको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडललाई साइबर सुरक्षा परीक्षणमा केन्द्रित गरिएको कम्पनीले जनाएको छ ।
