SHARE
Kalo Pati · मङगलबार ११ कात्िक २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

‘चाडपर्व सकिए लगत्तै आन्दोलनको आँधीबेहरीबाट सरकार ढाल्ने चर्चा चल्नु विडम्बनापूर्ण हो’ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले चाडपर्व सकिए लगत्तै आन्दोलनबाट सरकार ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण भएको बताएका छन्। प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने चर्चा चल्न थाल्नु चिन्ताजनक भएको उनको भनाइ छ।