विश्व क्रिकेटका हस्तीहरूको जमघट, बढ्यो एनपीएलको साख
काठमाडौं : सोमबारबाट कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता, डीआरएस प्रविधि र विदेशी खेलाडीको संख्या बढाउने व्यवस्थाले यसपटकको एनपीएललाई नेपाली क्रिकेट विकासको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।विश्व चर्चित खेलाडीको उपस्थितिले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणलाई थप आकर्षक बनाउनेमात्रै होइन, हरेक खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
