एनपीएलको बहुआयाम
बडादसैं पर्वको मैझारो लगत्तै नेपाली क्रिकेटको दसैं मान्न सकिने उत्सव नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ। कीर्तिपुर रंगशालामा सोमबार प्रतियोगिता सुरु नहुँदै यसको टिकट सबै बिक्री हुनुले यसको आकर्षण र बहुप्रतीक्षा पुष्टि गरिसकेको छ। नेपालीहरूले टेलिभिजनका पर्दामा विदेशी खेलाडी कौशल हेरेर लिँदै आएको मजा घरेलु मैदानमै स्वदेशी, विदेशी खेलाडीको प्रतिस्पर्धामा लिन पाएका छन्।
