विमानस्थलबाट विदेश पठाउन लागिएको १ हजार प्याकेट चुरोट बरामद
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्सबाट अवैध रूपमा विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद गरिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार २०८३ कात्तिक १० गते राति करिब ११ः३० बजे विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनको ‘ए’ साइडमा रहेको एक्स-रे मेसिनबाट सामान स्क्यान गर्ने क्रममा शङ्कास्पद कार्टुन फेला परेको थियो ।
