मधेशका युवा–युवतीहरूले प्रदर्शन गरे रैथाने वस्त्र
जनकपुरधाम : ‘अइबेर के छठीघाट, अपन सांस्कृतिक वस्त्रके साथ’ भन्ने नाराका साथ मधेशका युवा–युवतीहरूले रैथाने वस्त्र प्रदर्शन गरेका छन्। छठ पर्वमा विशेष रुपमा सांस्कृतिक वस्त्र लगाएर सहभागी हुन उनीहरूले सबैमा अपील गर्दै छठ घाटमा आफ्नो पारम्परिक वस्त्र लगाएर जान र सभ्यता संस्कृतिलाई जोगाउन अपील गरेका हुन्।
