पाकिस्तानले दिएन एनपीएल खेल्न आफ्ना खेलाडीलाई एनओसी
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्समा आबद्ध पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान स्वदेश फर्किने भएका छन्। पाकिस्तानको राष्ट्रिय टोलीमा स्थान बनाएपछि उनी एनपीएल बीचमै छाडेर पाकिस्तान जान लागेका हुन्। कर्णाली याक्सका अनुसार श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानले फरहानलाई टोलीमा बोलाएको हो।
