SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

दशैँ बिदापछि काठमाडौँको जनजीवन लयमा, सडकमा बढ्यो चहलपहल

दशैँको लामो बिदापछि सरकारी कार्यालय र संस्थाहरू सुचारु भएसँगै काठमाडौं उपत्यकाको जनजीवन फेरि आफ्नो पुरानै लयमा फर्किएको छ । दशैँ मनाउन गाउँ गएका सर्वसाधारणको फिर्ती र सेवाग्राहीहरूको आवतजावतका कारण सोमबार बिहानैदेखि बानेश्वर, माइतीघर, सिंहदरबार लगायतका प्रमुख चोक र सडकहरूमा सवारीसाधनको चाप बढेको हो ।