दशैँपछि काठमाडौं फर्किए उपभोक्ता, कालीमाटी तरकारी बजारमा बढ्यो चहलपहल
बडादशैँ मनाउन आ–आफ्नो गृहजिल्ला पुगेका नागरिकहरू कर्मथलो काठमाडौं उपत्यका फर्किएसँगै यहाँको प्रमुख कृषि उपज केन्द्र कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारिक चहलपहल ह्वात्तै बढेको छ । दशैँका कारण केही दिन सुनसान प्रायः बनेको थोक तथा खुद्रा बजारमा उपभोक्ता र खुद्रा व्यापारीको चाप बढ्न थालेपछि कारोबार पुरानै लयमा फर्किन थालेको हो ।
