SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

बंगालको खाडीमा चक्रवातको प्रभाव, नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् । मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन् ।