SHARE
पर्दाफास · शनिबार ८ कात्िक २०८३ ०५:११ AM · 1 मिनेट पढाइ

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ ।