नेपाल भाषा साहित्य तःमुंज्याको ४६ औँ संस्करण सुरु
भक्तपुर : नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रमको ४६ औँ संस्करण भक्तपुरमा सुरु भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हुँदै आएको तःमुंज्याको सांस्कृतिक गुरु मोतीबहादुर खायमलीले शुक्रबार उद्घाटन गरेका छन्।सम्मेलनमा आमन्त्रित तथा अतिथि साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका छन्।
