SHARE
Samata Press · शुक्रबार​ ७ कात्िक २०८३ ०५:१४ PM · 1 मिनेट पढाइ

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी सकुशल

स्याङ्जा। स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खस्दा चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी छोरी सकुशल छिन्। आज दिउँसो २ः३० बजे राङखोला–बिरुवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। उनका अनुसार ग२६प १३५० नम्बरको स्कुटर चालकले नियन्त्रण गुमाउँदा सडकबाट झन्डै ५० मिटर तल खसेको थियो। स्कुटरको पछाडि सवार मृतककी छोरी १६ वर्षीया गुञ्जन गुरुङ सकुशल छिन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा प्रहरी पुगेसँगै सडक सञ्चालन भएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको सूचना अधिकारी अवस्थीले बताए।