अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।भूमिकास्थान नगरपालिका-२, भूमेकाथानमा लु६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका वडा नं. ८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको हो।
