SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

कोलकाता विमानस्थलमा १.१३ करोड भारुको विदेशी मुद्रा बरामद

भारतको कोलकातास्थित नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १ करोड १३ लाख भारतीय रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ। केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय उडानका यात्रुको हाते झोला जाँच गर्ने क्रममा १ लाख १९ हजार ९०० अमेरिकी डलर बरामद गरेका हुन्।