SHARE
पर्दाफास · आइबार​ २ कात्िक २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

बदलिँदो समय, फेरिँदो दशैं : उस्तै छ सम्बन्धको महत्त्व

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन ।