यसपालि पनि मनमात्र फर्किने भो है आमा!
चाडपर्व आउँदा गाउँघरमा रमाइलो बढ्छ, आफन्तहरू घर फर्किन्छन्, परिवारमा खुसी छाउँछ। तर परदेशमा बस्ने हामीहरूको मन भने झन् भारी हुन्छ।यहाँ पनि दशैं आउँछ, तिहार आउँछ। क्यालेन्डरमा चाडपर्वका मितिहरू उस्तै छन्, तर ती दिनहरूमा महसुस हुने खुसी भने पहिलेको जस्तो छैन। न घरको आँगन हुन्छ, न आमाको हातको मीठो खाना, न त परिवारसँग बसेर हाँस्ने त्यो पुरानो रमाइलो। बिहान उठ्दा आमाले टीकाको तयारी गर्दै गरेको देख्न पाइँदैन, न घरभरि आफन्तहरूको चहलपहल सुनिन्छ।
