SHARE
अन्नपूर्ण · शनिबार १ कात्िक २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

माछापोखरी कुटपिटबाट एक जनाको मृत्यु, एक पक्राउ

काठमाडौं : काठमाडौंको माछापोखरीमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।शुक्रबार राति चोकमा हिँडिरहेको अवस्थामा कञ्चनपुरको कृष्णपुर–७ घर भई काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या–४ घर भई काठमाडौंको तारकेश्वर बस्ने २० वर्षीय सुवाश तामाङबीच आपसी विवाद भएको हो। झगडाका क्रममा सुवाश तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।