प्रहरी दिवसमा को को भए पुरस्कृत?
काठमाडौं : प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री ‘प्रहरी व्याटन २०८३’बाट सम्मानित भएका छन्। ७१औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङले खत्रीलाई प्रहरी व्याटनबाट सम्मान गरेका हुन्।उक्त अवसरमा अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो। त्यस्तै प्रहरी दिवसकै अवसरमा विभिन्न विधाका उत्कृष्ट प्रहरीहरू पनि सम्मानित भए।
