वन क्षेत्रमा हुने अनियमितता रोक्न एकद्वार र डिजिटल प्रणाली अनिवार्य (पूर्णपाठ)
काठमाण्डु– सरकारले वनसम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न अध्यादेश जारी गरेको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका हुन् । हाल संघीय संसद्को अधिवेशन नभएको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार अध्यादेश जारी गरिएको हो। राजपत्रमा ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ उल्लेख छ।
