SHARE
Samata Press · बिहीबार २९ असो २०८३ ०७:३४ PM · 1 मिनेट पढाइ

३५ मुनिका सात युवा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका सात जना युवाहरू केन्द्रीय सदस्य निर्वाचित भएका छन्।  ३५ वर्ष मुनिका युवाहरूमात्रै प्रतिस्पर्धा हुने गरी ७ सीटका लागि प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा २७ युवा नेताहरू सहभागी थिए।