प्राधिकरणको निर्देशन : दसैँ, तिहार र छठमा देशभरका विमानस्थल सफा र चुस्त बनाउनू
काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरका विमानस्थलको सञ्चालन, व्यवस्थापन, सरसफाइ र यात्रु सेवा सुविधामा विशेष ध्यान दिन निर्देशन दिएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल तथा देशभरका विभिन्न आन्तरिक विमानस्थल कार्यालयलाई यस्तो निर्देशन पठाएको हो।
