SHARE
पर्दाफास · सोमबार २६ असो २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा कमी आएको पर्यटक आगमन थोरङ्ला पास जाने बाटो सहज बनेसँगै बृद्धि हुन थालेको हो ।