SHARE
अर्थ संवाद · आइबार​ २५ असो २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा निर्माण गरेको २४० फिट लामो एक्रो ब्रिज गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। सेनाले आइतबार उक्त पुल आयोजनालाई बुझाएको जनाएको छ। भोटेकोसीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माण गर्ने क्रममा सेनाले फलाकु खोलामा एक्रो ब्रिज निर्माण गरेको हो।पुल निर्माण गर्नुअघि नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा रहेका कठिन चट्टान फुटाएर पहुँचमार्ग तयार पारेको थियो। त्यसपछि असोज २० गतेदेखि सुरु गरिएको पुल जडानको काम असोज २४ गते पूरा भएको सेनाले जनाएको छ।