SHARE
Samata Press · शनिबार २४ असो २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ डा पोखरेललाई प्रदान

काठमाडौँ । वर्ष २०८२ को ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ समालोचक प्रा डा माधवप्रसाद पोखरेललाई आज प्रदान गरिएको छ । निबन्ध, समालोचना, अनुसन्धान, भाषा विज्ञान, आदि विधामा योगदान दिएका डा पोखरेललाई वाम बुद्धिजीवी एवं समालोचक भट्टको स्मृतिमा स्थापित सो सम्मान र पुरस्कार प्रदान गरिएको हो । रु ५० हजार राशिको सो पुरस्कार वरिष्ठ समालोचक एवं साहित्यकार डा अभि सुवेदीले डा पोखरेललाई प्रदान गरे ।         वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीद्वारा अक्षयकोष स्थापना गरी दिन थालिएको सो पुरस्कार ‘साहित्य सन्ध्या’ का अध्यक्ष राम विनयको अध्यक्षतामा भएको बैठकले पुरस्कार दिने निर्णय गरेको थियो ।  पुरस्कार चयनका लागि प्रा डा जीवेन्द्रदेव गिरीको संयोजकत्वमा गोपालकुमार मैनाली, जयन्ती सत्याल ‘स्पन्दन’ सम्मिलित समिति गठन गरिएको थियो । कार्यक्रममा भट्टको बहुआयामित व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौड्यालले प्रकाश पारे ।         यसअघि वर्ष २०८१ को सो पुरस्कारबाट समालोचक प्रा डा वासुदेव त्रिपाठी सम्मानित भइसकेका छन् ।