SHARE
Samata Press · शनिबार २४ असो २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो ।  सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।