कांग्रेस महाधिवेशनमा ७ हजार ३९ मत खस्यो
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ३९ मत खसेको छ। महाधिवेशनमा देश विदेशबाट ७ हजार ३ सय १७ जना प्रतिनिधि आएका थिए। उनीहरूमध्ये नयाँ नेतृत्व चयनका लागि शुक्रबा भएको निर्वाचनमा ७ हजार ३९ जनाले मतदान गरेका हुन्। बिहान साढे ९ बजेबाट सुरु भएको निर्वाचन राति अबेर १० बजेसम्म चलेको थियो। मतदान सकिएपछि लगत्तै सभापति पदको मतगणना हुने जनाइएको छ। सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन्।
