अदृश्य शक्तिको इसारामा कांग्रेस फुटाउन विशेष महाधिवेशन गरियो : प्रकाशमान सिंह
काठमाडौं । कांग्रेस देउवा समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गराउन विशेष महाधिवेशन गराइएको दाबी गरे । बिहीबार देउवा पक्षको काठमाडौं महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । ‘यो कांग्रेसको मागमा यो भएको होइन । कोही व्यक्ति विशेषको महत्वाकांक्षा र केही अदृश्य शक्ति, राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नका लागि विशेष महाधिवेशन गरिएको हो,’ उनले भने । विशेष महाधिवेशन गर्नेहरूलाई ‘गल्ती गरेकाहरू’ भन्दै टिप्पणी गर्दै नेता सिंहले उनीहरूको पछि नलाग्न आग्रह गरे ।
