SHARE
पर्दाफास · बिहीबार २२ असो २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६३० जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत २७, रातोबक्तीमा १८ जना चालकलाई कारबाही गरिएको छ ।