आईआईएफटीको ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुँदै
काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनामा ‘स्पेस एण्ड डिजाइन एक्स्पो सिजन ६ र ७’ आयोजना हुने भएको छ। इन्टेरियर डिजाइनका विद्यार्थीहरूले तयार पारेका सिर्जनात्मक तथा व्यावसायिक डिजाइनहरू प्रदर्शन तथा प्रतियोगितामार्फत प्रस्तुत गर्ने उद्देश्यले आयोजना गर्न लागिएको एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।