दशैंमा टोयोटा किन्दा ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिइने
काठमाडौं । दशैंको अवसरमा टोयोटा सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि विशेष वित्तीय सुविधा सार्वजनिक भएको छ। नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र एनआईसी एशिया बैंकबीच भएको सहकार्यअन्तर्गत ग्राहकले ७ वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदरमा सवारीसाधन ऋण लिन सक्ने भएका छन् ।