सन नेपाल लाइफको सूचना सुरक्षा प्रमाणीकरण नवीकरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मानक आईएसओरआईईसी २७००१-२०२२ को प्रमाणीकरण नवीकरण गरेको छ। प्रमाणीकरणको नवीकरणसँगै कम्पनीले बीमित, ग्राहक तथा अन्य सरोकारवालाका संवेदनशील सूचनाको सुरक्षा र सूचना सुरक्षा व्यवस्थापनमा निरन्तर सुधारप्रति आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको जनाएको छ।