लक्ष्मी ल्युब आयलको पाँच शहरमा प्राविधिक मिट, ७०० बढी सहभागी
काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ कार्यक्रमलाई देशका प्रमुख शहरमा विस्तार गरेको छ। कम्पनीले बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा आयोजना गरेका कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएको जनाएको छ।