दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार कार्कीको मागबमोजिम तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।