अध्यादेशले हटाएका ८५ ऐनका व्यवस्था फेरि जगाउने विधेयकमाथि प्रश्न :‘पहिले हटाउनुपर्ने र अहिले जगाउनुपर्ने कारण के हो ?’
काठमाडौं। अध्यादेशमार्फत परिवर्तन गरिएका कानुनी व्यवस्था केही महिनामै फेरि साविककै अवस्थामा फर्काउने गरी सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा प्रश्न उठेको छ। सांसदहरूले साविककै व्यवस्था आवश्यक थियो भने त्यसलाई अध्यादेशमार्फत किन परिवर्तन गरियो र अहिले फेरि किन पुरानै व्यवस्था जगाउन खोजिएको हो भन्ने प्रश्न गरेका छन् ।