गृहमन्त्रीसँग सम्बन्ध रहेको धाक लगाएर प्रहरीमाथि अभद्र व्यवहार गर्ने १ जना पक्राउ
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङसँग निकट सम्बन्ध रहेको धाक लगाएर फोन संवाद गरेका व्यक्ति प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ का ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ललाई जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले पक्राउ गरेको छ ।