विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३-०८४ देखि विद्युत महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युतमा भ्याट थपिँदा उद्योग तथा व्यवसायको उत्पादन लागत र सञ्चालन खर्च बढेको महासंघको भनाइ छ। महासंघका अनुसार विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार हो।