धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालनमा
काठमाडौं। नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले भेस्पा तथा अप्रिलियाप्रति युवापुस्ताको बढ्दो आकर्षण र ग्राहकको सहजतालाई मध्यनजर गर्दै धनगढीमा शोरुम विस्तार गरेको जनाएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रालिमा रहेको नयाँ शोरुम एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको जनाएको छ।