नारायणीसहित प्रमुख एक दर्जन बढी नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
काठमाडौं । देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरी निरन्तर बढिरहेको छ। जलसतह ९.३ मिटरको खतरा तह पार गरिसकेको र आज बिहान करिब ११ बजे १३ मिटर आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ। हालको बाढी पूर्वानुमानअनुसार नारायणीको जलसतह आइतबार १२ बजेसम्म अधिकतम ११.६ मिटरभन्दा माथि पुग्ने सम्भावना रहेको छ।