नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौंमा हालै सम्पन्न संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।