प्रतिकूल मौसमका कारण उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । बिहीबारदेखि परेको निरन्तरको वर्षा र धुम्म भएको मौसमका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए ।