पृथ्वी राजमार्गका यी सात स्थानमा खस्यो पहिरो, नागढुंगामै रोकिए सवारीसाधन
काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेपछि सडक यातायात प्रभावित भएको छ । धादिङतर्फ मात्रै राजमार्गका सात स्थानमा पहिरो खसेको छ भने चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित फिस्लिङनजिक धारापानीमा सडक भासिएको छ ।