रोयल इन्फिल्डको ‘वन राइड’मा १५ सय बढी राइडर सहभागी, डाउन सिन्ड्रोम एसोसिएसनलाई २ लाख सहयोग
काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। असोज ४ गते देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएको राइड गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो।