बाढीपछिको पुनर्निर्माणमा एक सय अर्ब आवश्यक, कृष्णभीरमा दुई सुरुङ निर्माणको अध्ययन
काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायत बाढीपहिरो प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक, पुल, खानेपानी, भवन तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि करिब एक सय अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन् ।