हवाई भाडा वृद्धिप्रति सांसद अवस्थीको व्यंग्य : ‘ नागरिकलाई दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अवस्थीले चाडपर्व तथा बाढीपहिरोजस्ता विपद्का समयमा आन्तरिक हवाई भाडा थप बढ्ने गरेको बताइन्।