घरायसी र औद्योगिक विद्युतमा लाग्ने भ्याट हटाउने तयारी
काठमाडौं । सरकारले विद्युत् महसुलमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। विद्युत् खपतलाई प्रोत्साहन गर्ने तथा उपभोक्तामाथिको कर भार घटाउने उद्देश्यले भ्याट हटाउने विषयमा ऊर्जा र अर्थ मन्त्रालयबीच सैद्धान्तिक सहमति भएको हो।