प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई गर्यो सम्मान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरूको ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा ज्ञान, सम्मान, मनोरञ्जन र उत्साहका विभिन्न कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।