सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यसहित नयाँ जीवन बीमा योजना ल्याएको हो।