राष्ट्र बैंकले चल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट, के–के छन् विशेषता ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङ्गमा नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको जनाएको हो। नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।