SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि गुरु रिम्पोछेद्वारा डेढ करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको लागि गुरु रिम्पोछेले १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । गुरु रिम्पोछेले बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार